विज्ञापन

निर्वाचन आयोगले फागुनमा प्रतिनिधिसभा निर्वाचन गर्ने तयारी:ठुला दलमा होला त नेतृत्व परिवर्तन 

विज्ञापन
Image
विज्ञापन

काठमाडौं– निर्वाचन आयोगले आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन गर्ने तयारीसहित प्रारम्भिक कार्यतालिका सार्वजनिक गरेको छ ।

कात्तिक मसान्तभित्र नयाँ दल दर्ता गर्ने र मंसिर १ देखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सकिने व्यवस्था गरिएको छ ।

तर, उम्मेदवारी दर्ताको मिति भने अझै सार्वजनिक गरिएको छैन ।आयोगले असोज ३० गते राजनीतिक दलहरूसँग छलफल गरी बाँकी कार्यतालिका सार्वजनिक गर्ने जनाएको छ ।

देश मध्यावधि निर्वाचनतर्फ अघि बढ्दै गर्दा, प्रमुख दलहरूले चुनावलाई स्वीकार गरिसकेका छन् ।

माओवादीले केन्द्रीय समिति भंग गरी विशेष महाधिवेशनमा जाने निर्णय गरेको छ भने कांग्रेस र एमालेभित्र नेतृत्व हस्तान्तरणको बहस तीव्र बनेको छ ।

कांग्रेसले असोज २६ र एमालेले असोज २७–२९ मा केन्द्रीय समिति बैठक बोलाएका छन् ।

माओवादी केन्द्रका नेता हितराज पाण्डेका अनुसार प्रचण्डको दूरदर्शिताले पार्टी रिफर्मको काम चाँडै टुंग्याइएको हो र विशेष महाधिवेशनले योग्य नेतृत्व चयन गर्नेछ ।

रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले भने, ‘आफ्नो पार्टीलाई रिफर्मको आवश्यकता नरहेको बताउँदै निर्वाचनमा हामी सक्रिय रूपमा सहभागी हुनेछौं ।’

कांग्रेसभित्र महाधिवेशन र नेतृत्व परिवर्तनको बहस तीव्र छ ।

नेता नैनसिंह महरले लोकतान्त्रिक मूल्य मान्यताको पहिलो आधार नै निर्वाचन भएको बताउँदै कांग्रेस त्यसबाट भाग्ने पक्षमा छैन भने ।

उनले राष्ट्रपतिले जेनजीसहितको सर्वदलीय बैठक बोलाएर चुनावी माहोल बनाउनुपर्ने आवश्यकता औंल्याए ।

एमालेमा भने ‘विद्या फ्याक्टर’ र ओलीको पुनःअध्यक्ष बन्ने सम्भावना चर्चामा छ ।

असोज २७–२९ को केन्द्रीय कमिटी बैठकले महाधिवेशन वा नेतृत्व पुस्तान्तरणबारे निर्णय गर्ने अपेक्षा गरिएको छ ।

यसैबीच, माओवादी, एमाले र एकीकृत समाजवादीका २८ जना युवा नेताहरूले पुराना नेताहरूलाई बिदा गरी दल पुनर्गठनको माग गरेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका लागि आवश्यक सबै स्रोतसाधन सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँदै सरकारको सम्पूर्ण ध्यान चुनावमा केन्द्रित रहेको बताएकी छिन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन