काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक आज पनि कपिलवस्तुस्थित शिवगढीमा बस्दैछ ।
आइतबारदेखि जारी बैठक आज सक्ने तयारी गरिएको नेताहरूले बताएका छन् ।बैठकको सुरुवातमा महासचिव विप्लवले राजनीतिक प्रस्तावसहित धारणा प्रस्तुत गरेका थिए ।
त्यसपछि केन्द्रीय सदस्य र ७७ वटै जिल्लाका इञ्चार्जहरूले क्रमशः आफ्ना विचार राखिरहेका छन् ।
बैठकमा माओवादी केन्द्रसँग एकता गर्ने कि निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने भन्ने विषयमा मुख्य छलफल भइरहेको छ ।
एक वर्षअघि वाम घटकहरूसँग एकता गर्ने निर्णय कार्यान्वयन नहुँदा केही नेताहरू दल दर्ता प्रक्रियामा अघि बढ्नुपर्ने पक्षमा छन् भने अरूले बदलिएको परिस्थितिमा वाम एकता नै उपयुक्त हुने सुझाव दिएका छन् ।
आजै यी विषयमा निर्णय गर्दै बैठक समाप्त गर्ने तयारी गरिएको छ ।
यसअघि नेकपाले दल दर्ताका लागि स्थायी समिति सदस्य कर्णजित बुढाथोकीको संयोजकत्वमा चिरञ्जीवी ढकाल र कपिल पोखरेल सदस्य रहेका कार्यदल गठन गरेको थियो ।
प्रतिक्रिया जनाउनुहाेस्

























