कैलाली । कैलाली-१ बाट उम्मेदवार रहेका नाउपा नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । उनीविरुद्धको उजुरीमा छानबिन गर्दै निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी खारेजीको निर्णय गरेको हो ।
उनीविरुद्ध २०७२ भदौ ७ को टीकापुर हत्याकाण्डको मुख्य योजनाकारका रूपमा मुद्दा दायर भएको थियो । कैलाली जिल्ला अदालतले २०७५ फागुन २२ गते उनलाई दाेषी ठहर गरेको थियो ।
कैद भुक्तानीका लागि उनी कारागार कार्यालय डिल्लीबजारमा राखिएका थिए । १५ वर्ष कैद माफी गर्न सरकारले गरेको सिफारिस बमोजिम राष्ट्रपतिले आममाफी दिएर उनी रिहा भए । गणतन्त्र दिवसको अवसरमा उनलाई २०८० जेठ १५ गते रिहा गरिएको हो । संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ अनुसार उनी रिहा भएका हुन् ।
प्रतिक्रिया जनाउनुहाेस्























