विज्ञापन

एकताको लागि विप्लवलाई महत्त्व दिँदापनि नआएकोमा पश्चात्ताप लाग्नेछ:प्रचण्ड 

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताको लागि नेत्रविक्रम चन्द विप्लवलाई बढी नै महत्त्व दिँदा पनि नआएको बताएका छन्। नेकपा माओवादीका नेताहरूलाई पार्टीमा भित्र्याउँदै जेनजी आन्दोलनपछि एकता प्रक्रियाबाट विप्लव भड्किएको बताए।

उनले भने, ‘हामीले समाजवादी मोर्चालाई एकतामा बदल्न चाहेका थियौँ। उहाँसँग पटक पटक वार्ता संवाद नभएका होइनन्, टुङ्गियो उहाँ आउनुहुन्छ भन्ने बुझेको थिए उहाँको निवासमा पुग्दा, खुमलटारमा प्रकाण्ड आउँदा पनि तयार हुनुहुन्थ्यो। तर जेनजी आन्दोलन वरिपरि आइपुग्दा वैचारिक अन्योलको भुमरीको तुवाँलोभित्र हराउनुभयो। उहाँहरू कतै न कतै भड्किनुभयो। उहाँहरूले इतिहासमै विरलै आउने अवसर तपाईँहरूले गुमाउनुभयो। यसको पश्चात्ताप धेरै परसम्म तपाईंहरुलाई हुनेछ।’

उनले नेकपा कुनै आवेशमा गठन नगरिएको बताए। कम्युनिस्ट आन्दोलनका सबै घटकलाई एकताबद्ध गरेर सङ्कटको बेलामा शक्ति आर्जन गर्ने अवसर विप्लवले गुमाएको बताए।

उनले अहिलेसम्म केही नबिग्रिएको भन्दै आत्मसमिक्षा गर्दै एकता प्रक्रियामा आउन आग्रह गरे। उनले थपे, ‘तपाईँको मूल घर यही हो, अहिले यता र उता गरिराख्नुभएको छ, त्यसले केही हुनेवाला छैन। त्यसैले आत्मसमिक्षा गर्नुस्, अवसर अझै गुमेको छैन। तपाईँलाई स्वागत गर्न तयार नै छौँ।’

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन