विज्ञापन

ओलि र लेखक को पक्राउ पछि हर्क साम्पाङले दिए प्रतिक्रिया

विज्ञापन
Image
विज्ञापन

१४ चैत, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा  प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा लागेको टिप्पणी गरेका छन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउपरेपछि सामाजिक सञ्जालमा प्रतिक्रिया लेख्दै उनले सरकार प्रतिशोधको राजनीतिमा लागेको टिप्पणी गरेका हुन् ।

जेनेजी आन्दोलनको छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा ओली–लेखक पक्राउ परेका छन् ।

‘मेरो कुरा ढिलो गरी बुझ्छन् ! मैले ओखलढुंगाको कार्यक्रममा भनेको थिएँ, अरु जसले जिते नि प्रतिशोधको राजनीति हुन्छ ! प्रगतिको राजनीति श्रम संस्कृति मात्रै हो,’ साम्पाङले लेखेका छन्, ‘अब हुुने भनेको यस्तै मात्रै हो ! आन्दोलन आन्दोलन अनि आन्दोलन !’

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन