२८ जेष्ठ काठमाडौं :अहिलेको मन्त्रीमण्डलमा चर्चा र प्रचारभन्दा काम र जिम्मेवारीलाई प्राथमिकता दिँदै निरन्तर सक्रिय रहने मन्त्रीमध्ये एक हुन्
पाँच वर्षकै उमेरमा बुवालाई गुमाएकी प्रतिभाको पालनपोषण र शिक्षादीक्षा उनकी आमाले संघर्षका साथ पूरा गरेकी थिइन्। आमाको संघर्ष देखेर हुर्किएकी प्रतिभाले जीवनका कठिनाइलाई नजिकबाट अनुभूति गरिन् र त्यही अनुभवले उनलाई समाज परिवर्तनको यात्रातर्फ डोर्यायो।
सुदूरपश्चिमको अछाम जिल्ला बान्निगढि ५ सुगालि पुर्ख्याउली र हाल कंचनपुर निबासी रावल विकट भेगबाट राजनीतिमा प्रवेश गरेकी उनले पत्रकारितामार्फत देशका समस्या बुझ्ने अवसर पाइन्। त्यही अनुभवलाई आधार बनाएर समाधानको खोजीमा राजनीति रोजेकी प्रतिभा आज भूमि व्यवस्था तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा छिन्।
उनको कार्यकालमा मालपोत र नापी सेवामा सुधार, सेवाग्राहीमैत्री प्रणालीको विकास, प्रविधिमार्फत सेवा विस्तार तथा सहकारी बचतकर्ताको रकम फिर्ता गर्ने प्रयासजस्ता कामहरू अगाडि बढाइएको बताइन्छ।
उनले कर्मचारीहरूलाई दिएको सन्देश पनि धेरैले मन पराएका छन् ।कुरा होइन काम गर्नु पर्छ भन्ने उहाँको अठाेट छ ।




























