काठमाडौं-पुर्व प्रधानमन्त्री एंवम नेपाली कांग्रेसका निवर्तमान सभापती शेरबहादुर देउवाले क्रियाशील सदस्यता ‘डिजिटल्ली अध्यावधिक’ गरेको भन्दै ‘एनसीआईडी कार्ड’ सामाजिक सञ्जालमा भाइरल भएको छ ।
देउवाका स्वकीय सचिव भानु देउवाले देउवाका अनुसार क्रियाशील सदस्यता अध्यावधिक नगरेको र भ्रम छर्नका लागि नक्कली कार्ड भाइरल गराइएको बताएका छन् ।
कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलले पनि देउवाले सदस्यता अध्यावधिक गरेको बारे आफूलाई जानकारी नभएको बताएका छन् ।
संजालमा प्राप्त सदस्य्ता कार्ड सक्कली हो या नक्कली भनेर देउवाका स्वकीय सचिव भानु देउवासँग जानकारी लिदा । उनले देउवाले क्रियाशील सदस्यता अध्यावधिक नगरेको र सामाजिक सञ्जालमा भ्रम छर्नका लागि नक्कली कार्ड बनाएर भाइरल गराइएको जानकारी दिए । ‘उहाँ (शेरबहादुर देउवा) नेपाल बाहिर उपचारका क्रममा हुनुहुन्छ । क्रियाशील सदस्यता अध्यावधिक गर्नुभएको छैन,’ भानु देउवाले भने, ‘भ्रम छर्नका लागि नक्कली कार्ड बनाएर सामाजिक सञ्जालमा भाइरल बनाउने काम भइरहेको छ ।’





























