विज्ञापन

नेकपा एमालेले संविधान संशोधन सुझावका लागि  बनायो उपसमिति

विज्ञापन
Image
विज्ञापन
जेठ३१, काठमाडौं। नेकपा एमालेले संविधान संशोधनका लागि सुझाव संकलन गर्न अग्नि खरेलको संयोजकत्वमा उपसमिति गठन गरेको छ ।

उपाध्यक्ष विष्णुप्रसाद पौडेल नेतृत्वको संविधान संशोधन सुझाव कार्यदलले उपसमिति बनाउने निर्णय गरेको हो ।उपसमितिमा रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टीकाराम भट्टराई, राजेन्द्र घिमिरे र अमर थापा सदस्य रहनेछन् ।

उपसमितिले सुझाव संकलन कार्यतालिका तयार पार्ने लगायत काम गर्नेछ ।सरकारले संविधान संशोधनको पहल अगाडि बढाएपछि एमालेले उपाध्यक्ष पौडेलको नेतृत्वमा छुट्टै कार्यदल बनाएको थियो ।

कार्यदलको आज बसेको बैठकले संविधान संशोधनका अन्तर्वस्तुबारे अन्य राजनीतिक दलहरुसँग सम्वाद गर्ने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन