काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेविरुद्ध लगाइएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ।
न्यायाधीश आत्मदेव जोशीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीमाथिको सङ्गठित अपराधको अभियोग हटाउन आदेश दिएको हो।
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले सुमन खनाल लगायतको जाहेरीका आधारमा सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा अभियोगपत्र संशोधनका लागि निवेदन दायर गरेको थियो।
अदालतले उक्त निवेदन स्वीकार गर्दै सङ्गठित अपराधको अभियोग हटाएको भए पनि लामिछानेविरुद्धको सहकारी ठगीसम्बन्धी अभियोग भने यथावत् राखेको छ।
प्रतिक्रिया जनाउनुहाेस्



























