विज्ञापन

ढकारी-२मा विद्युत जडान भएको चार महिना बित्दा पनि बलेन बत्ती,नागरिक अन्धकारमा:अछाम वितरण केन्द्र बेखबर

विज्ञापन
Image
विज्ञापन
१० असार,ढकारी अछाम। अछाम जिल्लाको ढकारी गाउँपालिका वडा नं.–२ मा राष्ट्रिय विद्युत् लाइन विस्तार सम्पन्न भएको करिब चार महिना बितिसक्दा पनि विद्युत् सेवा सञ्चालन हुन सकेको छैन।गत फाल्गुनमा राष्ट्रिय लाईन जडान हुदाँ त्यहाका नागरिकमा खुसियाली छाएको थियो। गाउँमा बिद्युत आएसंगै घरघरमा तार विस्तार सहित जडान का लागी मिटर घर-घरमा भित्र्याए पनि,लाईन संगै जडान भएको गुणस्तरहिन ट्रान्समिटर हप्ता दिन नबित्दै,सट हुदाँ स्थानीयवासीहरू अन्धकारमा परेका हुन।
स्थानीयका अनुसार विद्युत सेवा सुचारु नहुँदा दैनिक जिवन प्रभावित भएको छ। लामो समयदेखि विद्युतको आशामा बसेका नागरिकहरू अहिले पनि वैकल्पिक उज्यालोको भर पर्न बाध्य छन्। सम्बन्धित निकायले समयमै चासो नदिँदा जनगुनासो बढ्दै गएको छ।
स्थानीयवासीहरूले अछाम वितरण केन्द्र र कमलबजार सब स्टेशन लाई  पटक–पटक जानकारी गराउँदा समेत आवश्यक पहल नभएको आरोप लगाएका छन। विद्युत् लाइन जडान गरिएको लामो समय बित्दा पनि सेवा सञ्चालन नहुनु सम्बन्धित निकायको लापरवाही भएको उनीहरूको भनाइ छ।
यता, विद्युत सेवा उपभोग गर्न नपाए पनि बिल तिर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्। “बत्ती नै बलेको छैन, तर बिल तिर्नुपर्छ भनिन्छ। यो अन्याय हो,” एक स्थानीय नागरिकले गुनासो गरे।स्थानीयवासीहरूले तत्काल समस्या समाधान गरी विद्युत सेवा सञ्चालन गर्न तथा सेवा नदिई बिल असुल्ने कार्य रोक्न सम्बन्धित निकायसँग माग गरेका छन्।
स्थानिय स्तरबाट रुपान्तरण खबरलाई उक्त बिषयमा जानकारी प्राप्त भए पश्चात रुपान्तरण खबरले अछाम बितरण केन्द्रका प्रमुख राजेश कुमार झा लाई सम्पर्क गरी अछामको ढकारी गाउँपालिकाको वार्ड नं.–२मा विद्युत जडान भएको चार महिना बित्दा पनि बलेन बत्ती,नागरिक अन्धकारमा छन,बिल असुलिका लागि भौचर जारी भइसक्यो ,त्यसको वास्तबिक्ता के हो भनेर सोध्दा
आफुलाई त्यसको बारेमा कुनैपनि जानकारी नभएको र त्यसको बारेमा बुझन विद्युत प्राधिकरण प्रादेशिक कार्यालय सुदुरपश्चिमका डाइरेक्टर हरि प्रसाद पाण्डे सँग जानकारी लिन झा ले आग्रह गर्नु भएको थियो। प्रादेशिक कार्यालय सुदुरपश्चिम प्रदेशका डाइरेक्टर  पाण्डे सँग उक्त विषयबारे बताउदा अहिले सम्म अफिसमा कसैले आफुलाई जानकारी नदिएको बताउनु भयो ।उहाँ सँगको थप कुराकानिमा भोलि नै अर्को ट्रान्समिटर जोडिदिनका लागि सम्बन्धित पक्षलाइ निर्देशन दिएको उहाँले बताउनु भयो। साथै बत्ति बलेको ठाउमा एक दिन पनि सेवा रोक्न नपाईने बताए।स्थानिय अफिस र ठेकेदारको लाफरबाहिका कारण चार महिना सम्म समस्या  भोग्नु परेको स्थानीयले गुनासो गरेका हुन।
प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन