विज्ञापन

मदन भण्डारीको ७५औं जन्मजयन्तीको अवसरमा बामपंथी शीर्ष नेतृत्व एउटै कार्यक्रममा उपस्तिथ हुदै

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपाका संयोजक माधव नेपाल एउटै मञ्चमा देखिने भएका छन्।

जननेता मदन भण्डारीको ७५ औं जन्मजयन्तीको अवसरमा आयोजना हुने कार्यक्रममा ओली र प्रचण्ड मात्रै नभई नेकपाका सहसंयोजक माधव नेपाल पनि सहभागी हुँदै छन्।

कार्यक्रमको प्रमुख अतिथि पूर्व राष्ट्रपति विद्या भण्डारी हुनेछन्। कार्यक्रममा असार १४ राष्ट्रिय सभागृहमा दिउँसो १.३० बजे सुरु हुने जनाइएको छ।

सो कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने तय भएको छ।

फागुन २१ को प्रतिनिधि सभाको निर्वाचनमा धक्का खाएपछि कम्युनिस्ट एकताको चर्चा चलिरहेको बेलामा शीर्ष नेताहरू एउटै मञ्चमा देखिन लागेका हुन्।

पछिल्लो समय विद्या भण्डारीको नेतृत्वमा एमाले र नेकपाबीच एकताको बहस चलिरहेको छ।

त्यसाे त विराटनगरमा आयोजित प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एमालेसँग तत्काल एकता नभएपनि सडकदेखि सदनसम्म कार्यगत एकता गरेर अघि बढ्ने तयारी भइरहेकाे बताएका थिए।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन