अछाम-
१५औं अछाम जिल्ला स्तरिय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अछामको चौरपाटी गाउपालिकामा भव्यरुपमा सम्पन भएको छ! प्रतियोगितामा अछामको मंगलसेन नगरपालिका प्रथम भएको छ । अछामका दश स्थानीय तह मध्ये सात स्वर्ण, छ रजत र तीन कास्य सहित मङ्गलसेन नगरपालिकाले सिल्ड जितेको हो ।
प्रतियोगितामा पञ्चदेवल विनायक नगरपालिकाले पाँच स्वर्ण, छ रजत र ५ कास्य सहित दोस्रो स्थान प्राप्त गर्दा चार स्वर्ण, पाँच रजत र चार कास्यसहित साँफेबगर नगरपालिका तृतिय स्थानमा आएको छ ।
प्रतियोगितामा तीन स्वर्ण, पाँच रजत र तीन कास्यसहित रामारोशन गाउँपालिका चौथो, दुई स्वर्ण र तीन कास्य सपहत तुर्माखाँद गाउँपालिका पाँचौ स्थानमा रहेका छन् । यस्तै दुई स्वर्ण, दुई रजत र एक कास्य मेल्लेख गाउँपलिका छैटो, दुई स्वर्ण, एक रजत र पाँच कास्यमा कमलबजार सातौ, एक स्वर्ण, दुई रजत र दुई कास्य प्राप्त गरेर चौरपाटी आठौं स्थानमा रहेको छ ।
प्रतियोगिता भरमा बान्नीगढी जयगढ र ढकारी गाउँपालिकाले कुनै पनि स्वर्ण र रजत प्राप्त गर्न सकेनन् भने एक/एक कास्यमा चित्त बुझाएका छन् ।
गएको बुधबारबाट प्रतियोगिता जिल्ला खेलकुद विकास समिति र चौरपाटी गाउँपालिकाको संयुक्त आयोजनामा भएको थियो प्रतियोगिताका विभिन्न खेलहरुमा अछामका दश स्थानीय तहका खेलाडीहरु सहभागिता रहेको थियो । प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गर्ने व्यक्ति र टोलीलाई छनोट गरेर प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइने छ ।
प्रतियोगिता शान्त र सौहाद्र रुपमा सम्पन्न भएकोमा सहभागी खेलाडी, दर्शक, निर्णायक लगायतलाई चौरपाटी गाउँपालिका अध्यक्ष भीम बहादुर साउँदले धन्यवाद दिनुभएको छ ।
विज्ञापन

१५औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड भव्य रुपमा सम्पन्न!
विज्ञापन


विज्ञापन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

# ट्रेण्डिङ
विज्ञापन

विज्ञापन


















