रौतहट । २५ औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा रौतहटमा विपन्न तथा सीमान्तकृत समुदायलाई लक्षित गरी सशस्त्र प्रहरीले कम्बल वितरण गरेको छ। जिल्ला प्रशासन कार्यालय रौतहटको सहकार्य तथा सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटको समन्वयमा हालको चिसो तथा शीतलहरलाई मध्यनजर गर्दै आइतबार राहत सामग्री वितरण गरिएको हो।
चिसो मौसमका कारण प्रभावित नागरिकलाई राहत पुऱ्याउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा तीनवटा नगरपालिकाका विभिन्न बस्तीलाई समेटिएको छ। सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रामहरी अधिकारीका अनुसार ईशनाथ नगरपालिका-४ स्थित रामनगर बस्तीका ७० घरपरिवार, बौधिमाई नगरपालिका-७ स्थित राम बस्तीका ७० घरपरिवार तथा राजदेवी नगरपालिका-८ स्थित लक्ष्मीपुर बस्तीका ६० घरपरिवार गरी जम्मा २०० घरपरिवारलाई कम्बल वितरण गरिएको छ।
कम्बल वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा स्थानीय भद्रभलादमीहरूको बाक्लो उपस्थिति रहेको थियो


























