विज्ञापन

नेपाल राष्ट्रिय मा.वि.रामारोशन-२ चाफामाण्डौ अछामकाे ६२ औँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न!

विज्ञापन
Image
विज्ञापन

अछाम

अछामको रामारोशन गाउँपालिका-२  चाफामाण्डाै
स्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयको ६२ औँ  अभिभावक भेला तथा वार्षिकोत्सव भव्य रुपमा सम्पन्न भएको छ!विद्यालय ब्यबस्थापन समिती  अध्यक्ष दिपक  बहादुर रावलको अध्यक्षतामा विविध साँस्कृतिक समारोहका विच कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको हो  । उक्त कार्यक्रममा प्रमुख  अतिथि तत्कालिन  साविकको चाफामाण्डौ गाविस.अध्यक्ष तथा उक्त विद्यालयका पूर्व विव्यस.अध्यक्ष एंवम  नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य   चक्र बहादुर रावल रहनु भएको थियो अतिथी रावलले विद्यालयको हकहितका निमित्त आफू सदैभ लागिपर्ने बताउनुभएको हो!विद्यालय निर्माणमा सधै सबै पक्ष  सहकार्य  गरेर अगाडी बढ्नका लागी अपिल गर्नुभएको थियो!उक्त कार्यक्रममा  विशिष्ट अतिथि नेपाली कांग्रेसका सुदुरपश्चिम  प्रदेश समिति सचिवालय सदस्य एवम् महिला नेतृ  अनुराधा स्वार रावल र रामारोशन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत  राम बहादुर भण्डारी रहनु भएको थियो !अधिकृत भणडारिले सम्बोधनका क्रममा  गाउपालिकाले संचालन गरेको शैक्षिक रुपान्तरण महा अभियानमा  सबैले साथ दिनुपर्ने बताउनुभएको हो! रामारोशन  गाउपालिकाको भावना अनुरुप उक्त  विद्यालयलले शैक्षिक गुणस्तर सुधारका लागि संञ्चालन गरेको २४ सै घण्टा विध्यार्थी विद्यालयमै वसेर निशुल्क पढने वातावारण बनाएको विषय प्रति रामारोशन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीले प्रशंसा गर्नुहुदै विद्यालय परिवारलाई धन्यवाद व्यक्त गर्नुभएको हो! सिकाइ उपलब्धि बृद्धिको लागि विद्यालयले गर्ने यस प्रकारका कार्यक्रमको निरन्तरता एवम् प्रभावकारीताका लागि गाउँपालिकाको सधै साथ सहयोग  रहने अधिकृत भणडारिले  प्रतिबद्धता व्यक्त गर्नुभएको हो!कार्यक्रमको अतिथिहरुमा रामारोशन गाउँपालिका २ का वार्ड अध्यक्ष  मिन बहादुर परियार,नेपाली कांग्रेसका  क्षेत्रीय सचिव पुर्ण  बहादुर विक,नेकपा एमाले जिल्ला समिति सदस्य तथा पूर्व वार्ड अध्यक्ष  चक्र बहादुर रावल,नेकपा (माओवादी केन्द्र) का  टंक  प्रसाद देवकोटा,नेकपा समाजवादीका जिल्ला कमिटी सदस्य  दान बहादुर कुँवर त्यसैगरी  रामारोशन गाउँपापालिका कार्यपालिका सदस्य  शंकर वि.क., सुशिला रावल, स्वास्थ्य शाखा प्रमुख  प्रभुनाथ देबकोटा,शिक्षाशाखा प्रमुख  नविन ओझा,वार्ड सदस्य  मुगा रावल,  वैजन्ती लुहार, शिक्षक अभिभावक संघ अध्यक्ष  पदम राज देबकोटा,वा‌लकल्याण आ.वि.विव्यस.अध्यक्ष रूपक परियार,पिङगला मा.वि.का प्रअ. प्रेमराज खनाल,वार्ड सचिव  अञ्जना श्रेष्ठ,बालकल्याण आ.वि.का प्र.अ. विस्ना रावल,वालज्योति आ.वि.का प्रअ  पशुपति रावल,चाफामाण्डौ स्वास्थ्य चौकि इन्चार्ज  मिन बहादुर परियार लगायत विद्यार्थी र अभिभावकहरुको उपस्थिति  रहेको थियो ! कार्यक्रममा विद्यालयको शैक्षिक क्षेत्रमा लगनशिलता पूर्वक आफ्नो जिम्मेवारी पूरा गर्दै कार्यसम्पादनमा वर्ष उत्कृष्ट शिक्षक कर्मचारीको रुपमा प्रधानाध्यापक मनोज रावल,आधारभूत तहबाट शिक्षकहरु केशर रावल,मनोज भण्डारी, माध्यमिक तहबाट शिक्षकहरु कम्मानसिह भुल,जीवन रावल तथा कर्मचारी लक्ष्मण टमट्टालाई सम्मान गरिएको थियो!उक्त कार्यक्रममा स्वागत मन्तव्य सहायक प्रअ अर्जुन बहादुर रावल ले राख्नु भएको थियो भने कार्यक्रमको संचालन प्रधानाध्यापक   मनोज रावल ले गर्नुभएको थियो!

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन