विज्ञापन

अमेरिकी मध्यावधि निर्वाचन : प्रारम्भिक नतिजामा ट्रम्पको रिपब्लिकन पार्टी पछाडि

विज्ञापन
Image
विज्ञापन

१८ कात्तिक, काठमाडौं । अमेरिकामा भएको मध्यावधि निर्वाचनको प्रारम्भिक नतिजामा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई धक्का लागेको छ ।

अमेरिकी संसद्का दुवै सदनमा डेमोक्रेटिक पार्टीले अग्रता लिएको छ भने सिनेटको एक सिट पनि रिपब्लिकन पार्टीबाट खोसेको छ ।

प्राप्त प्रारम्भिक नतिजाअनुसार डेमोक्रेटिक पार्टीले नर्थ क्यारोलाइनाबाट सिनेटको सिट जित्दै रातिको पहिलो सिट आफ्नो पक्षमा पारेको छ । यसैगरी जर्जियाबाट सिनेटर जोन ओसोफ पुनः निर्वाचित भएका छन् ।

अमेरिकी प्रतिनिधिसभाका सबै ४३५ सिट, सिनेटका ३५ सिट तथा विभिन्न राज्यका गभर्नर र स्थानीय पदमा यही १७ कात्तिकमा निर्वाचन भएको थियो ।

अमेरिकामा मध्यावधि निर्वाचन राष्ट्रपतिको चारवर्षे कार्यकालको बीचमा हुने संसदीय तथा राज्यस्तरीय निर्वाचन हो । यस निर्वाचनमा राष्ट्रपति परिवर्तन हुँदैन, तर संसदमा कुन राजनीतिक दलको बहुमत रहने भन्ने निर्णय भने हुन्छ । सन् २०२६ को मध्यावधि निर्वाचन राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको बीचमा भइरहेको हो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन