विज्ञापन

एश्वर्य बहुमुखी क्याम्पस धनगढीमा विद्यार्थी नेताहरु विच  विवाद!

विज्ञापन
Image
विज्ञापन

धनगढी,
त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरुमा चैत्र ५गते स्वतन्त्र विद्यार्थी युनियनको  निर्वाचन हुन गैरहेको छ !स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिए संगै संघ,संगठनका विद्यार्थी नेताहरुहरु कायम्पस-क्याम्पसहरुमा देखिन थालेका छन !संंघ ,संगठनका नेताहरू द्वारा कमिटि बिस्तार र उम्मेदवार चयन प्रक्रिया देखि  प्रचार,प्रसार कार्यहरु धमाधम भइरहेका छन !स्ववियु निर्वाचनको माहोल तातिरहेका वेला  सुदुरपश्चिम प्रदेश सरकार द्वारा स्थानीय सेवाको गठन र सेवाका सर्त सम्बन्धमा ब्यबस्था गर्ने लागेको बिद्येकमा अस्थायी करार कर्मचारीलाई लाई स्थायी  गर्न पाउने प्रावधान कायम गरेको भन्दै प्रदेश राजधानी धनगढीमा सयुक्त विद्यार्थी संगठनले विरोध पर्दशनको आयोजना गरेको थियो ! विरोध पर्दशनमा सहभागीताको लागि आफ्नो क्याम्पसमा
विषयबस्तुको प्रचार सहित उपस्थिति हुनका लागी आग्रह गर्न   एंश्वर्य बहुमुखी क्याम्पसबाट सभापति पदमा  उम्मेदवारी घोषणा गरेका अखिल क्रान्तिकारीका नेता विकास विष्ट क्याम्पसमको हाता प्रवेश गरेका थिए!क्याम्पसका अन्य साथीहरुलाइ कार्यक्रमको जानकारि गराउदै उपस्तिथिका लागि आग्रह गर्दा एमाले निकट अखिलसंग सम्बन्धित विद्यार्थी नेताहरुद्वारा  आफुमाथी  धकेलपकेल र हातपात भएको  बिष्टले बताउनु भएको हो!स्ववियु आचारसंहित भित्र रहि आफ्ना कुरा साथिहरुमाझ राख्दा  अखिल निकट नेताहरूले निर्वाचन हार्ने भयले आफुमाथी षड्यन्त्रपुर्वक रुपले विवादित बनाउन खोजेको  बताउनु भएको हो !  तर स्ववियु सभापति कुबेर खड्काले भने , त्यस्तो केहि पनि नभएको आफु स्ववियु सभापति भएकाले विद्यार्थीको पढाईमा अवरोध सिर्जना नगर्न भन्दा सामान्य विवाद भएको बताए छन् । आफुले कुनै संगठनको स्वार्थले भन्दा  पनि विद्यार्थीको पढाइलाई ध्यान दिनु्पर्छ भन्दा  विवाद सिर्जना भएको बताए छन् ।निर्वाचन संयोजकका अनुसार सामान्य विवाद भएको हो ! क्याम्पस बाहिरका विद्यार्थीलाई समावेश गराइ आचार संहिता उलंघन भएको निर्वाचन  समितीले संयोजकले  बताउनु  भएको थियो !निर्वाचन प्रमुखका अनुसार आज साझ ५बजे दुबैपक्ष विचको  बैठक बोलाएको हुँदा बैठक बाट विवाद हल गर्ने जानकारी दिनुभएको हो!

यो पनि हेर्नुहोस!

आज नै सयुक्त विद्यार्थी संगठनले धनगढीमा  प्रदेस सरकार विरुद्द प्रर्द्शन गरेको हो ! करार कर्मचारीलाई मात्र स्थायीका लागी आन्तरिक  परीक्षामा समावेस हुन पाउने गरि सुदुरपश्चिम प्रदेस सरकारले   स्थानीय सेवाको गठन ,संचालन र सेवाका सर्त सम्बन्धमा ब्यबस्था गर्न लागेको विधेकका विरुद्द प्रदशन गरेको  हो ! करार कर्मचारी लाई मात्र  समावेस गरि स्थायी गर्न मिल्ने प्रावधानले नियमित अध्ययनरत विद्यार्थीहरुलाइ अन्याय हुने भन्दै आन्दोलन गरिएको अखिल क्रान्तिकारीका सुदुरपश्चिम अध्यक्ष वीर बहादुर थापाले जानकारी दिनुभएको हो!

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन