राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका अवसरमा शुभसाइतमा गुरु पुरोहितबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने भएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति पौडेलले विजयादशमीका दिन बुधबार बिहान १०ः२६ बजे शुभसाइतमा टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
विगतका वर्षहरूमा राष्ट्रपतिले विजयादशमीका अवसरमा सर्वसाधारणलाई टीका लगाइदिने गरेका थिए ।
तर, गत वर्षदेखि मुलुकले विषम परिस्थितिको सामना गर्नुपरेको र शान्तिपूर्ण तथा हर्षोल्लासपूर्ण वातावरण नरहेका कारण सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम आयोजना गरिएको छैन ।
प्रतिक्रिया जनाउनुहाेस्




























