विज्ञापन

ट्रम्पले भने– इरानको सत्ता परिवर्तन किन नगर्ने ?

विज्ञापन
Image
विज्ञापन

९ असार, काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा हमला गरेपछि इरानको सत्ता परिवर्तनबारे बहस सुरु भएको छ । यो बहसको सुरुवात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले गरेका हुन् ।

उनले आइतबार सामाजिक सन्जालमा इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको सत्ता परिवर्तनबारे लेखेका छन् ।

उनले लेखेका छन्, ‘रेजिम चेन्ज (शासन सत्ता परिवर्तन) भन्नु आजको समयमा राजनीतिक रुपबाट सही मानिँदैन तर यदि मौजुदा इरानी सरकारले इरानलाई फेरि महान बनाउन सक्दैन भने शासन परिवर्तन किन नगर्ने ?’

उनले आफ्नो स्टाटसमा ‘MIGA’ पनि लेखेका छन् । यसको पूर्णरुप ‘मेक इरान ग्रेट अगेन’ हुन्छ ।

खामेनी साढे तीन दशकदेखि इरानको सर्वोच्च पदमा आसिन छन् ।

सन् १९७९ मा राजतन्त्रविरोधी इस्लामिक क्रान्तिले राजा साह मोहम्मद रजा पहलवीलाई सत्ताच्यूत गरेको थियो । राजाको शासन ढलेपछि पेरिसमा निर्वासन जीवन बिताइरहेका आयातुल्लाह रुहोल्लाह खामेनी स्वदेश फर्किएर इरानमा इस्लामिक गणतन्त्र स्थापित गरेका थिए । सन् १९८९ मा आयातुल्लाह रुहोल्लाह खामेनीको निधन भएपछि आयातुल्लाह अली खामेनीलाई इरानको सर्वोच्च नेता बनेका थिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन