विज्ञापन

ललितपुरमा ५५ लाख मूल्यको बुद्धचित्त चोरी, ६ जना विरुद्ध मुद्दा

विज्ञापन
Image
विज्ञापन

६ साउन, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–१० गोदामचौरमा ५५ लाख रुपैयाँ मूल्य बराबरको बुद्धचित्तको दाना चोरी भएको छ ।

इबकुमारी शाही केसीले लगाएको एकै रुखमा फलेका ५५ लाख रुपैयाँ मूल्य बराबरका बुद्धचित्तको दाना चोरी भएको हो ।
चोरीको आरोपमा एक नाबालकसहित ६ जनालाई मुद्दा चलाइएको छ ।

जसमा गोदामचौरकै अंकित बिष्ट, रमेश बिष्ट, गोदावरी–३ का दिलीप पुरी, उनका भाइ सुनिल पुरी, गोदावरी–१० खसिमार टोलका सनम तामाङ र एक नाबालक छन् ।

यो समूहले १४ असार राति १ बजेतिर बुद्धचित्तको दाना चोरी गरेको प्रहरीको भनाइ छ ।
सुरक्षाका लागि जडान गरिएको सीसी क्यामेराको तार समेत काटेर बुद्धचित्तको रुखबाट दाना चोरी गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो ।
त्यसपछि उनीहरूलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन