नेकपा (एमाले) का सचिब लेखराज भट्टले केपी शर्मा ओलीलाई सबैले बुझ्न नसक्ने बताएका छन् । प्रेस चौतारीको सुदुरपश्चिम प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई महेन्द्रनगरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
“धेरै मान्छेले केपी ओलीलाई बुझेको भन्छन् तर उनिहरुले खासै ओलीलाई बुझेका छैनन् । मत उहाँलाई पढदै छु । उहाँ धेरै पर सम्म हेर्न सक्नु हुन्छ । म त यहाँबाट चितवन सम्म देख्न सक्छु , अरुले चिसापानी सम्म मात्रै देख्न सक्छन् भने उहाँ महेन्द्रनगरमा उभिएर मेची सम्म हेर्न सक्नु हुन्छ ,” भट्टले भने ।
उनले शुरुमा केपी ओलीलाई देबत्वकरण गर्ने केही मान्छेहरु अहिले ओलीका विरुद्ध लागेको बताए । भट्टले भने – “आफ्नो स्वार्थ नमिलेपछि अहिले केही मान्छेहरु केपी ओलीको विकल्प खोज्नु पर्छ भन्दै हिन्या छन् । तर त्यो पूरा हुँदैन ।अहिले एमालेमा ओली को विकल्प कोही हुन सक्ने अबस्थामा छैन । फेरि अध्यक्ष ओली आफैंले पनि आफू बिनाको एमाले अहिलेको परिस्थितिमा बन्न नसक्ने बताउनु भएको छ । त्यो सवै अहिलेको एमालेको पंक्तिलाई हेरेर भन्नू भएको होला ।”
भट्टले राष्ट्रियताको सवाल मा ओली जत्तिकै उभिन सक्ने नेता अहिलेको समकालीन राजनीति कोहि नभएको जिकिर गरे ।
अहिले पनि ओली पार्टीको मिटिङ भेटघाटमा राती ८ बजे देखि ४ बजे सम्म खटने गरेको सुनाउँदै भट्टले भने, “हामी आफै पनि कयन पटक उहाँ संग रातभर मिटिङ गरेर बसेका छौँ । तए उहाँ जत्तिको हामी खटन सक्दैनौ ।”
भट्टले पुर्ब राष्ट्रपति बिद्या भण्डारीलाई सम्मानित भएर बस्नको लागि अहिले पार्टीले उहाँको सदस्यताको बारेमा निर्णय गरेको बताए ।

























