अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी निकायलाई विश्व सामु अझै बढे शक्तिशाली बनाउन रक्षा विभागको नाम परिवर्तन गरी युद्ध विभाग राख्ने निर्णय गरेका छन्।
शुक्रबार एक कार्यकारी आदेशमा लागू हुने अपेक्षासहित एसोसिएटेड प्रेस समाचार एजेन्सीले रिब्रान्डिङ प्रयाससँग परिचित ह्वाइट हाउसका अधिकारीहरूलाई उद्धृत गरेको छ। एक अप्रकाशित तथ्य पत्रका अनुसार कानुनी कारबाहीले नाम परिवर्तनलाई स्थायी बनाउन नसकेसम्म युद्ध विभाग रक्षा विभागको लागि दोस्रो नाम बन्ने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेको छ।
अमेरिका उदाउँदो महाशक्ति भए पनि ट्रम्पका अनुसार रक्षा विभागको नाम परिवर्तनले मानिसहरूलाई पहिलो र दोस्रो विश्वयुद्धका अमेरिकी सैन्य विजयहरूको सम्झना गराउने बताएका छन्।
गत महिना ट्रपले विभाग हुँदा हाम्रो विजयको अविश्वसनीय इतिहास थियो भन्ने कुरा सबैलाई मन पर्छ, रक्षा धेरै रक्षात्मक हुने र आफुहरु रक्षात्मक हुन चाहेको पनि बताएका थिए। ‘तर हामी आक्रामक पनि हुन चाहन्छौं,’ उनले भनेका छन्।
रक्षा विभागलाई १७८९ देखि दोस्रो विश्वयुद्धको अन्त्यमा अमेरिकी सेनाको पुनर्गठन नभएसम्म युद्ध विभाग भनेर चिनिन्थ्यो, जुन १९४५ मा युद्ध समाप्त भएसगैं १९४७ मा अन्य विभागहरूसँग विलय भएपछि यसको नाम राष्ट्रिय सैन्य प्रतिष्ठान राखिएको थियो, पछि यो नाम रक्षा विभागमा परिमार्जन भएको थियो।
अमेरिकी मिडिया रिपोर्ट अनुसार ट्रम्पले नाम परिवर्तनलाई कसरी स्थायी बनाउने भन्ने कुरा अझै स्पष्ट पारेका छैनन्, तर रिपोर्टहरूका अनुसार रक्षा सचिव हेगसेथलाई कानुनी र विधायिकी माध्यमहरू अपनाउन निर्देशन दिने उल्लेख गरेको छ।



























