काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले कर्मचारीतन्त्रमा जमेर बसेको भ्रष्टाचारलाई बढार्न अर्को बिद्रोह जरुरी रहेको बताउनु भएको छ।जेनजी बिद्रोहले राजनीतिक नेताहरुले गरेको भ्रष्टाचार विरुद्ध धक्का दिएको भएपनि कर्मचारीतन्त्रमा त्यो भन्दा बढी भ्रष्टाचार रहेको उल्लेख गर्दै बिप्लवले उक्त धारणा राख्नु भएको हो।
शुक्रवार प्रशारित एक भिडियो अन्तर्वार्ताको क्रममा महासचिव विप्लले नेताहरू भ्रष्ट भएको खाली नेताको कारणले मात्रै होइन,नेताहरूलाई भ्रष्ट बनाउने महत्त्वपूर्ण अंग भनेको कर्मचारी क्षेत्र भएको दाबी गर्नु भयो।
“एउटै सुब्बा तहको कर्मचारीले काठमाडौमा पाँच/ सात ओटा घर बनाएको सुनिन्छ, त्यो कसरी संभव हुन्छ” -उहाले भन्नुभयो- “अझ त्यो भन्दा माथिल्लो तहमा हेर्नुभयो भने झन रातारात घरघडेरी थप्ने काम भएको छ, त्यसैले अब त्यस विरुद्ध अर्को बिद्रोह नगरी भ्रष्टाचार विरुद्धको आन्दोलन सफल हुन सक्तैन”
कुराकानीको क्रममा उहाँले राजनीति क्षेत्रमा काङ्ग्रेस, एमाले, माओवादी भित्रका मन्त्री भएका वा कोहि कोहि सांसद सम्मले काठमाडौमा घर हालेको देखियो तर सबैले त्यसो गरेको भन्ने होइन भन्दै भ्रष्टाचार गरेको पैसाले जसरी काठमाडौमा घर हालिएको छ त्यो जनताको पैसा भएको बताउनु भयो।
सार्वजनिक बजेटको ६० प्रतिशत पैसा भ्रष्टाचार हुने गरेको उल्लेख गर्दै बिप्लवले जेनजी लगायत युवाहरुले कर्मचारी तन्त्रमा भ्रष्टाचारको जमेको पोखरी पनि भत्काउन जरुरी भएको बताए ।
“जेनजी बिद्रोहले भ्रष्ट राजनीतिज्ञहरुलाई धक्का दिएको छ तर अझै राजनीतिक क्षेत्रको भ्रष्टाचारको पोखरी सम्पूर्ण रूपमा भत्किसक्यो भन्ने होइन”-विप्लवले जोड दिदै भन्नुभयो-“युवाहरु सचेत नहुने हो भने फेरि उनै भ्रष्ट व्यक्ति चुनावद्वारा पनि फर्केर आउने खतरा हुन्छ, कुनै हालतमा पनि हामीले उनीहरूलाई त्यसरी आउन दिनुहुन्न, त्यसलाई पुरै बहिस्कार गर्नुपर्छ”
कुनै पनि भ्रष्ट पात्र र प्रवृति भोटको आधारमा वा चुनावमा पैसा खर्च गरेर आउने कुरालाई युवाहरुले वाच गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो।



























