विज्ञापन

कांग्रेसका सभापति देउवाले उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने संकेत

विज्ञापन
Image
विज्ञापन

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने संकेत गरेका छन् ।

देउवाले असोज २६ देखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकपछि खड्कालाई जिम्मेवारी सुम्पने तयारी गरेको स्रोतहरू बताउँछन् ।

देउवा आजको पदाधिकारी बैठकमा उपस्थित नहुने भएका छन्, जसको अध्यक्षता उपसभापति खड्काले गर्नेछन् ।

तर, २६ असोजको केन्द्रीय समिति बैठक उद्घाटनका लागि देउवा स्वयं सानेपा पुग्ने बताइएको छ ।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित देउवा निवासमा आक्रमण र आगजनीपछि उनी ३० दिनदेखि सार्वजनिक रूपमा देखिएका छैनन् ।

हाल देउवा काठमाडौंमै घर भाडामा लिएर बस्दै आफ्ना नजिकका नेताहरूसँग सीमित सम्पर्कमा छन् ।

यता, संस्थापनइतर समूहले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान सुरु गरेको छ, जसमा करिब ४० प्रतिशत प्रतिनिधिको समर्थन पुगेको दाबी गरिएको छ ।

देउवा पक्ष भने नियमित महाधिवेशनमै जाने तयारीमा छ ।

यसै सन्दर्भमा आज केन्द्रीय सदस्य पुष्पा भुसाल, मीनबहादुर विश्वकर्मा, अब्दुल सतार, गुरू बराललगायतले उपसभापति खड्का र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग भेट गरी पार्टीलाई एकताबद्ध राख्नेबारे छलफल गरेका छन् ।

सिटौलाले पदाधिकारीहरू पार्टी एकता कायम गर्न असफल भएको टिप्पणी गरेका थिए ।

छलफलमा सहभागी नेताहरूका अनुसार देउवाले खड्कालाई कार्यवाहक सभापति बनाउने संकेत गरेका छन् ।

विधानअनुसार सभापतिले उपसभापतिलाई कार्यवाहक तोक्न सक्छन् ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मंसिरमा नियमित महाधिवेशन गर्ने प्रस्ताव आजको पदाधिकारी बैठकमा लैजाने तयारी गरेका छन् ।

देउवाको कार्यकाल मंसिरमा सकिँदैछ, र पार्टी विधानअनुसार उनले पुनः सभापति पदमा उम्मेदवारी दिन पाउँदैनन् ।

देउवाले यसअघि नै राजनीतिबाट अवकाश लिने संकेत दिएका थिए ।

एमालेसँगको ७ बुँदे सहमतिअनुसार प्रधानमन्त्री बन्ने उनको योजना जेनजी आन्दोलनपछि प्रभावित बनेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन