विज्ञापन

देउवा,ओलि र प्रचण्ड लाई  नेतृत्वबाट बिदाइ गरेर संवादको नयाँ वातावरण प्रारम्भ गर्न अपिल:गगन थापा 

विज्ञापन
Image
विज्ञापन

 काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रमुख तीन दलका नेताहरू शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बिदाइ गर्नुपर्ने बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमा झण्डै ९ मिनेटको भिडिओ सन्देश जारी गर्दै थापाले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का प्रमुख नेताहरूलाई नेतृत्वबाट बिदाइ गरेर संवादको नयाँ वातावरण प्रारम्भ गर्न अपिल गरेका हुन् ।

उनले देउवा, ओली र प्रचण्डबिच १० वर्षदेखि म्युजिकल चेयर चलिरहेकाले नै अहिलेको अवस्था सिर्जना भएको दाबी समेत गरेका छन् । उनले भदौ २३ र २४ अघिको नेपाल र त्यसपछिको नेपालको अवस्था फरक रहेको दाबी पनि गरेका छन् ।

‘हामी आफ्ना नेताहरूलाई सम्मान पनि गरौँ, सेम्पेथी पनि राखौँ । सँगसँगै कांग्रेस, एमाले माओवादीका सबै साथीहरूलाई म अपिल पनि गर्छु हामीले तीन वटै नेताहरूले इफ बट नभनी छाड्नुपर्छ’, थापाले भनेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन