विज्ञापन

संसद् पुनर्स्थापनाको बाटोमा नलागी,फाल्गुन२१को निर्वाचन सफल वनाउन लाग्नुपर्नेमा जोड:श्रेष्ठ

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले संसद् पुनर्स्थापनाको बाटोमा लाग्न नहुने बताएका छन् ।

निर्वाचन आयोगले बिहीबार दलहरुसंग आयोजना गरेको छलफलमा सहभागी भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जेनजी आन्दोलनको जनादेशलाई कुल्चिएर फेरि संसद् पुनर्स्थापनाको बाटोमा लाग्न नहुनेमा जोड दिए ।

 सरकारले घोषणा गरेको फागुन २१ मा निर्वाचनलाई सफल रूपमा सम्पन्न गर्न सबै लाग्नुपर्ने उनको भनाइ छ । उनले वर्तमान सरकार संविधानसम्मत नभई आवश्यकताको सिद्धान्तको आधारमा बनेको पनि बताए । वर्तमान सरकार र आगामी फागुन २१ गतेको निर्वाचन प्रमुख दलहरूको सहमतिकै आधारमा बनेकोले विवाद गरेर बस्न आवश्यक नभएको उनको भनाइ छ ।

उनले भने, ‘खासगरी अहिलेको यो सरकार संविधानसम्मत ढंगले बनेको बनेको होइन तर यो चाहिँ आवश्यकताको सिद्धान्तअनुसार जेनजी आन्दोलनको जनादेशलाई सम्बोधन गर्नको लागि प्रमुख दलहरूको सहमतिमा बनेको सरकार भएको । स्वयं प्रधानमन्त्री पनि सहमतिमा बनेको र निर्वाचनको मिति पनि सहमतिमा नै घोषणा भएको हुँदाखेरि अब यसमा चाहिँ दुबिधा पाल्नुपर्ने कुनै आवश्यकता  छैन भन्ने कुरा हाम्रो पार्टीलाई लागेको छ । यद्यपि अहिले फेरि पनि प्रतिनिधिसभा पुनर्स्थापनाको लागि मुद्दाहरू गएका छन् । अब मुद्दाले के गर्छ भन्ने कुरा पनि बहस त हुने नै भयो । तर अहिले जुन आन्दोलनको जनादेश छ, यो आन्दोलनको जनादेशलाई कुल्चिएर फेरि पुनर्स्थापनाको बाटोमा लाग्न हुँदैन । अब घोषित निर्वाचनलाई सफलताको साथ सम्पन्न गर्नुपर्छ ।’

उनले राष्ट्रिय सभा सदस्य रिक्त हुन लागेकोले राष्ट्रिय सभाको निर्वाचन पनि समयमै गर्नुपर्ने बताए ।– न्युज एजेन्सी नेपाल

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन