नेपालका प्रमुख राजनीतिक व्यक्तिहरुको सम्पत्ति छानबिन सुरु गरिएको छ । पटक पटक प्रधानमन्त्री बनिसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा पूर्वमन्त्रीहरु आरजु राणा देउवा र दीपक खड्काको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको आशंकासँगै अनुसन्धान अघि बढाएको छ । शेरबहादुर र आरजुका छोरा जयवीरसिंहलाई पनि छानबिनको दायरामा ल्याइएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यी नेता तथा उनीहरूका नातागोताका नाममा रहेको बचत, लगानी, कम्पनी, कारोबार, र जग्गाजमिनको विस्तृत विवरण संकलनका लागि विभिन्न सरकारी निकायहरूमा पत्राचार गरिसकेको छ ।
प्रतिक्रिया जनाउनुहाेस्



























