विज्ञापन

जेनजी विद्रोहपछिको विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा एसले बोलायो बैठक

विज्ञापन
Image
विज्ञापन
काठमाडौं । नेकपा एकीकृत समाजवादीले पोलिटब्युरो बैठक बोलाएको छ। कात्तिक ११ गते बस्ने गरी बैठक बोलाएको नेकपा एसका प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले बताए।

यस्तै, पोलिटब्युरो लगत्तै १२ देखि १४ गतेसम्म बस्ने गरी केन्द्रीय कमिटी बैठक पनि राखेको छ। बैठक मिराकल पार्टी भेनु सुकेधारामा बस्ने तय भएको छ। बैठकमा जेनजी विद्रोहपछिको विकसित राजनीतिक घटनाक्रम, पार्टी एकता, निर्वाचनको पक्षमा उभिने लगायत विषयमा छलफल हुने जनाइएको छ।

अध्यक्ष माधव नेपाललाई नेतृत्व छाड्न पार्टीभित्रबाटै दबाब बढिरहेको छ। अध्यक्ष नेपाल भने तिहार लगत्तै माओवादीसहित समाजवादी मोर्चामा आबद्ध दलहरूसँग एकता गर्ने मुडमा छन्।

सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित ठुलो पङ्क्ति माओवादीसँग एकता गर्ने विषयमा पनि सहमत छैन। अहिले माओवादीसँग एकता भन्दा पनि पार्टी पुनर्गठन गरेर चुनावको तयारी गर्नुपर्नेमा ती नेताहरूको जोड छ।

बिहिबारको स्थायी कमिटी बैठकमा पनि माओवादीसँग एकताबारे छलफल भएको थियो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन