११ कात्तिक, काठमाडौं । मोरङमा ट्रकको ठक्करबाट एक स्कुटर चालकको मृत्यु भएको छ ।
उर्लाबरी नगरपालिका–६ उर्लाबारी गोल चोकस्थित सडकमा बा.प्र. ०१–००४ क २२२८ नम्बरको ट्रकले बा.प्र.१–०१–०१६ प ८००२ नम्बरको स्कुटरलाई मंगलबार साँझ ठक्कर दिएको थियो ।
उक्त ठक्करबाट स्कुटर चालक सोही नगरपालिका–८ बस्ने ५० वर्षीय लोकेन्द्र थापाको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया जनाउनुहाेस्





























