विज्ञापन

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा जारी सर्बदलिय बैठकमा ५ जना मन्त्री पनि सहभागी

विज्ञापन
Image
विज्ञापन

४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा जारी सर्वदलीय बैठकमा प्रधानमन्त्रीसँगै ५ जना मन्त्री पनि सहभागी भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल र कृषि तथा पशुपन्छी विकासमन्त्री मदन परियार र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल सहभागी छन् ।

सर्वदलीय बैठकमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल पनि उपस्थित रहेका छन् ।

बैठकमा विभिन्न ११ दलका प्रतिनिधिहरू रहेका छन् ।

कांग्रेसबाट गगन थापा र प्रकाशशरण महत, एमालेबाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल सहभागी भएका छन् ।

रास्वपाबाट स्वर्णिम वाग्ले र सोविता गौतम, राप्रपाबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जसपा नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी सहभागी छन् ।

एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला गएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल सहभागी छन् ।

जनमतका नेता चन्दन सिंह समेत सहभागी छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन