दार्चुला : दार्चुलामा बोलेरो जिपको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।महाकाली नगरपालिका–४ बांगाबगरमा सुपप्र०४–०१ ज ००१७ नम्बरको बोलेरो जिप ब्याक गर्ने क्रममा ७० वर्षीया मिलन लुहारको मृत्यु भएको प्रहरीले जनाएको छ ।ठक्करबाट गम्भीर घाइते भएका लुहारलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला लगिएको थियो । उनको राति मृत्यु भएको थियो ।
प्रतिक्रिया जनाउनुहाेस्



























