विज्ञापन

कार्तिक १६ सम्म हिमाली क्षेत्रमा पदयात्रा नगर्न अनुरोध

विज्ञापन
Image
विज्ञापन

कार्तिक १३ गोर्खा:  जिल्ला प्रशासन कार्यालय, गोरखाले जिल्लाका उच्च हिमाली क्षेत्रमा आगामी केही दिनसम्म हिमपातको सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ ।

गृह मन्त्रालयको निर्देशनअनुसार जारी गरिएको सूचनामा जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण उद्धृत गर्दै हाल बंगालको खाडीबाट विकसित ‘मान्था’ नामक चक्रवातको प्रभावले देशभर मौसम प्रभावित भएको उल्लेख गरिएको छ ।

सोही प्रभावका कारण गोरखाको उत्तरी क्षेत्रमा हिमपात भइरहेको र आगामी केही दिन अझै हिमपात हुन सक्ने सम्भावना रहेको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार प्रतिकूल मौसमका कारण विपद्‌का घटना हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै १६ कात्तिकसम्मका लागि हिमाली क्षेत्रमा पदयात्रा नगर्न सम्बन्धित सबैलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन