विज्ञापन

अध्यक्षले आफ्नै वडा कार्यालयमा ताला लगाएपछि सडकबाटै दिने थाले सेवा:यस्तो छ कारण 

विज्ञापन
Image
विज्ञापन

१४ कात्तिक, रुकुमपूर्व । वडा कार्यालयमा ताला लगाएर गाउँपालिकालाई साँचो बुझाएका रुकुमपूर्वको थबाङ गाउँपालिका-२ का अध्यक्षले सडकबाट सेवा दिन थालेका छन् ।

आफूले उठाएका माग सम्बोधन गर्न दबाब दिने उद्देश्यले उनले सडकको गल्लीमा बसेर नागरिकता सिफारिस लगायतका सेवा दिएका हुन् ।

ल्याप्टप र एउटा फोटोकपी मेसिन साथमा लिएर उनले अति आवश्यकीय सेवा गल्लीबाट दिइरहेको वडावासीले जनाएका छन् ।

बाटो र विद्युत् विस्तारको काममा ढिलाइ भएको भन्दै वडाध्यक्ष अभिलाषा रोकाले बिहीबार वडा कार्यालयमा ताला लगाएर साँचो निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई बुझाएका थिए ।

आफ्नो माग सम्बोधन नभए उनले पदबाट राजीनामा दिएर जनतासँगै आन्दोलनमा होमिने चेतावनी उनले दिएका छन् ।वडाध्यक्ष रोकाका अनुसार गाउँपालिकाभित्र पर्ने ग्रामीण सडक लामो समयदेखि अवरुद्ध रहेको र केन्द्रीय विद्युत् प्रसारण लाइनको काममा ढिलासुस्ती हुँदा जनता अन्धकारमा बस्न बाध्य बनेको उनको भनाइ छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन