नेकपा एमालेका नेता गोकर्ण भट्टले पार्टी परित्याग गरेका छन् । उनले पार्टीभित्र गुटबन्दी, अवसरवाद, धनवाद, डनवाद र यौनवाद जस्ता प्रवृत्तिका मौलाएको कारण आफूले एमाले परित्याग गरेको बताएका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिवालय सदस्य रहेका भट्टले पार्टीको सदस्यता परित्याग गरेको घोषणा गरेका हुन् । उनले अब स्वतन्त्र रूपमा समाजसेवामा लाग्ने बताएका छन् । उनी एमाले सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टका भाइ हुन् ।
प्रतिक्रिया जनाउनुहाेस्

























