काठमाडौं– नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका असन्तुष्ट नेताहरूसँग समूहगत वा पार्टीगत एकता नहुने बताएका छन् ।
उनले भने, ‘असन्तुष्ट नेताहरू व्यक्तिगत रूपमा एमालेमा फर्किन चाहन्छन् भने स्वागत छ, तर समूह बनाएर आउनेसँग एकता हुँदैन ।’
एकीकृत समाजवादीले शुक्रबार माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि झलनाथ खनाल, घनश्याम भूसाल, रामकुमारी झाँक्रीलगायत नेताहरू असन्तुष्ट हुँदै नयाँ पार्टीको तयारीमा छन् ।
यसबीच शनिबारको सचिवालय बैठकमा ओलीले १०–२० जना व्यक्तिगत रूपमा आउन सक्छन्, तर समूहगत रूपमा पार्टी एकता नहुने स्पष्ट पारेका थिए ।
शुक्रबार उनले विगतमा एमाले छाडेर गएकाहरुलाई पुरानै घर फर्कन आह्वान गरेका थिए ।
प्रतिक्रिया जनाउनुहाेस्












![रास्वपाबाट समानुपातिकमा को-को सिफारिस भए ? [सूची]](https://rupantarankhabar.com/wp-content/uploads/2026/03/Screenshot_2026-03-15-19-43-59-37_40deb401b9ffe8e1df2f1cc5ba480b12-600x358.jpg)









![रास्वपाबाट समानुपातिकमा को-को सिफारिस भए ? [सूची]](https://rupantarankhabar.com/wp-content/uploads/2026/03/Screenshot_2026-03-15-19-43-59-37_40deb401b9ffe8e1df2f1cc5ba480b12.jpg)