विज्ञापन

माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक बस्दै:एकता अनुमोदन बारे निर्णय हुने

विज्ञापन
Image
विज्ञापन

काठमाडौं :  नौ वाम दलहरुबीचको एकता अनुमोदन गर्न नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक कमिटीको बैठक बस्दैछ।

बैठक दिउँसो एक बजे बस्ने प्रज्ञा भवन कमलादीमा बस्ने नेता अग्नि सापकोटाले जानकारी दिए। उनका अनुसार बैठकमा एकता समितिले ब्रिफिङ गरी अनुमोदनको निर्णय हुनेछ। नेतारुलाई बोल्ने समय नछुट्याइएकाले निर्णय गरेर बैठक आजै सकिनेछ।

भोलि दिउँसो एक बजे काठमाडौंको भृकुटीमण्डपमा एकता सम्मेलन राखिएको छ। त्यहीँ एकता घोषणा हुनेछ । तर, एकता प्रकृयामा आएका दलहरुमा भने फुुट आएको छ।

हिजो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा उपमहासचिव जनार्दन शर्माले ४० वर्षे सहकार्य अन्त्य गर्ने निर्णय सुनाउँदै आफ्नो ढंगले अघि बढ्ने बताएसँगै माओवादी पनि फुटेको छ।

प्रचण्डले एकीकृत समाजवादीमा असन्तुष्ट घनश्याम भुसालसँग पनि हिजो छलफल गरेका थिए। तर, उनले पनि पुनर्गठनबिना एकता सम्भव नभएको भन्दै एकतामा सहभागी नहुने स्पष्ट पारेका छन्।

हिजै एकता प्रकृयामा सहभागी भएका माधवकुमार नपाल र नारायणकाजी श्रेष्ठबीच पनि भेट भएको थियो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन