काठमाडौं– उपचारबाट फर्किएलगत्तै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी नेताहरूसँग आन्तरिक विवादबारे परामर्श सुरु गरेका छन् ।
शुक्रबार राति सिंगापुरबाट फर्किएका देउवाले शनिबार संस्थापन पक्षका चार नेतासँग चुनदेवीस्थित निवासमा दुई घण्टा बढी छलफल गरेका थिए ।
भेटमा प्रवक्ता डा. प्रकाशशरण महत, एनपी साउद, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए माहतका अनुसार देउवाले आगामी चुनावको तयारीमा जोड दिँदै पार्टीभित्रका विवाद नेताहरूले मिलाउनुपर्ने बताएका छन् ।
कांग्रेसभित्र महाधिवेशन चुनावअघि गर्ने कि पछि भन्ने विषयमा दुई धार छन् ।
संस्थापन पक्षका शीर्ष नेता चुनावपछि गर्ने पक्षमा भए पनि २४ केन्द्रीय सदस्यले चुनावअघि नै महाधिवेशन गर्नुपर्ने माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ज्ञापनपत्र बुझाइसकेका छन् ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा भने नियमित महाधिवेशन नसके विशेष महाधिवेशनमा जानुपर्ने अडानमा छन् ।
देउवाले संस्थापन पक्षका २४ केन्द्रीय सदस्य तथा पूर्वपदाधिकारीहरूसँग छुट्टै भेट गरी थप परामर्श गर्ने तयारी गरेका छन् ।

























