काठमाडौं– नवगठित नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने भएको छ ।
पेरिसडाँडामा बसेको पूर्वपदाधिकारीहरूको बैठकले ९ गतेदेखि २०/२१ गतेसम्म प्रदेश तथा महत्त्वपूर्ण स्थान–जिल्लामा सभा गर्ने तयारी गरेको हो ।
नेता राजेन्द्रप्रसाद पाण्डेका अनुसार कुन प्रदेशमा कहिले सभा गर्ने भन्ने निर्णय भोलि (सोमबार) बेलुकीसम्ममा टुंगिनेछ ।
उनले भने, ‘सातै प्रदेशमा सन्देश सभा गर्नेबारे आज विस्तृत छलफल भयो ।अर्का नेता बामदेव गौतमले पार्टी एकताको सन्देश देशभर पुर्याउँदै समाजवाद निर्माण गर्ने प्रतिवद्धता दोहोर्याए ।
झलनाथ खनालले पनि संविधानले परिकल्पना गरेको समाजवादलाई अर्जुनदृष्टिले अगाडि बढाउने गरेको बताए ।
प्रतिक्रिया जनाउनुहाेस्


























