विज्ञापन

शीतलहर र हिमपात केन्द्रित पूर्वतयारी गर्न सम्बन्धित पक्षलाई गृहमन्त्री अर्यालको निर्देशन

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले शीतलहर र हिमपातका कारण कुनै पनि नागरिकले जीवन गुमाउन नपरोस् भन्ने कुरामा सरकार सचेत रहेको बताएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले बुधवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो सङ्कट आउन नदिन सङ्घ, प्रदेश, स्थानीय सरकार र सम्बद्ध सबै पक्षको सहकार्य, प्रतिबद्धता र समर्पणको खाँचो समेत औँल्याए ।

उनले शीत लहर र हिमपातका कारण सङ्कटमा परेका समुदाय केन्द्रित पूर्वतयारी र प्रतिकार्य गर्न पनि सम्बन्धित सबै पक्षलाई निर्देशन दिए ।

गृहमन्त्री अर्यालले भने,  ‘संकटमा रहेका वर्ग, क्षेत्र र समुदाय केन्द्रित पूर्व तयारी तथा प्रतिकार्य गर्न जिम्मेवार सबै निकायलाई निर्देश गर्दछु । शीत लहर र हिमपातका कारण कुनै पनि नागरिकले जीवन गुमाउन नपरोस्, देशको चालु विकास प्रक्रिया अवरुद्ध नहोस् । यसका लागि सङ्घ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय, दातृ संस्था र नागरिक समाज सबैको सहकार्य, प्रतिबद्धता  र समर्पणको अपेक्षा गरेको छु ।’

गृहमन्त्री अर्यालले हिमपातले देशको चालु विकास प्रक्रिया समेत अवरुद्ध हुने अवस्था आउन दिन नहुने पनि बताए । 

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन