प्रगतिशील अभियानका नेता अनिल शर्माले एकतापछि हुने पार्टीको नाम ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ गठन हुने जानकारी दिए । शर्माका अनुसार चुनाव चिन्ह नेसपा नयाँ शक्तिले प्रयोग गरेको आँखा रहनेछ । भट्टराई र जनार्दन शर्मा लगायत नेताहरू पार्टीको पदाधिकारी तहमा नरहेको बताइएको छ । पार्टीको नेतृत्व अध्यक्ष मण्डलबाट हुने उनले बताए ।
‘पार्टीको नेतृत्वमा कुनै एक व्यक्ति हुने छैन । पाँच सदस्यीय अध्यक्ष मण्डल रहनेछन् । केन्द्रीय समिति ९९ प्रस्ताव गरिएको छ । तर, १५१ सदस्यीय पनि पुग्न सक्छ । अहिले छलफलकै क्रममा छ’, उनले भने ।
कात्तिक २८ गते भट्टराई संरक्षक रहेको नेपाल समाजवादी पार्टी(नयाँ शक्ति), शर्माको नेतृत्वमा रहेको प्रगतिशील राष्ट्रिय अभियान र रास्वपाबाट विद्रोह गरी आएका परियार समूहबिच एकता गर्ने सहमति भएको थियो ।
प्रतिक्रिया जनाउनुहाेस्



























