काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले देशमा सुशासन स्थापित गर्न भ्रष्टाचारविरुद्ध युवाशक्ति (‘एन्टिकरप्शन युथ फोर्स’) गठन गर्ने भएको छ।
पार्टीको आइतबार आयोजित एकता समारोहमा प्रस्तुत राजनीतिक प्रतिबद्धता मस्यौदामा भनिएको छ, “देशमा सुशासन हासिल गर्न मुलतस् युवाको अगुवाईमा यो फोर्स गठन गरिनेछ।”
मस्यौदामा उल्लेख छ कि यो युथ फोर्सले भ्रष्टाचारी, कालोबजारी, बलात्कारी, मानव बेचबिखान, गुण्डार्दी लगायत अपराधीको क्रिमिनल प्रोफाइल तयार गर्ने, सामाजिक सञ्जालमा एक्सपोज अभियान सञ्चालन गर्ने, र सामाजिक बहिष्कार अभियान चलाउने कामहरू गर्ने बताईयको छ ।
प्रतिक्रिया जनाउनुहाेस्



























