विज्ञापन

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा सर्वोच्चद्वारा हितेन्द्र शाक्यको पु:न बहाली गर्न आदेस

विज्ञापन
Image
विज्ञापन

२३ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पु:न बहाली गर्न आदेश दिएपछि हितेन्द्र शाक्यले न्यायको जीत भएको प्रतिक्रिया दिएका छन् ।

राष्ट्रिय समाचार समिति (रासस)सँग कुरा गर्दै उनले सरकारको निर्णयबाट आहात भएकामा न्यायालयले राहत दिएको बताए । शाक्यले भने, ‘न्यायलयको निर्णयले राहत महसुस भएको छ ।’

उनले आफ्नो योग्यता र क्षमताअनुसार देश, जनता र प्राधिकरणको हितमा काम गर्ने प्रतिबद्धता दोहोर्‍याए ।

कुलमान घिसिङ ऊर्जा मन्त्री बनेपछि उनको प्रस्तावमा सरकारले गत असोज ५ गते शाक्यलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट जल तथा ऊर्जा आयोगमा सरुवा गरी मनोज सिलवाललाई नियुक्त गरेको थियो । सरकारको निर्णयविरुद्ध शाक्यले सर्वोच्चमा रिट दायर गरेका थिए ।

न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सोमबार शाक्यको पक्षमा फैसला गर्दै पुन:बहाली गर्न आदेश दिएको थियो । शाक्यलाई पुर्वाग्रही,प्रतिशोधपुर्ण र स्वेच्छाचारी ढंगले प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको सर्वोच्चको ठहर छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन