धनगढी :सुदूरपश्चिम प्रदेश सभाका सदस्य डा।तारा जोशी राष्ट्रिय स्वतन्त्र पार्टीको इतिहासमै पहिलो र एक्लो प्रदेश सांसद बनेका छन् । डडेलधुराको प्रदेश सभा २ बाट निर्वाचित डा.तारा कुलमान घिसिङ संरक्षकत्वको उज्यालो नेपाल पार्टी हुँदै रास्वपामा पुगेका हुन् । रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकता भइसकेको छ । पार्टी एकता गर्नका लागि जोशीले वातावरण निर्माण गरेका थिए । डडेल्धुरा घर भएका तारा फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि डडेल्धुराबाटै प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा रहेका छन् ।
प्रतिक्रिया जनाउनुहाेस्




























