काठमाडौं । नेपाली कांग्रेस पार्टी औपचारिक विभाजनतर्फ अग्रसर बनेको छ ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि औपचारिक आह्वान गरेका छन् ।
बुधवार एक संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशन बोलाएका हुन् ।
विशेष महाधिवेशन कानूनी र राजनीतिकरुपमा अपरिहार्य बनेको उनीहरूको भनाइ छ । संस्थापन पक्षले भने विशेष महाधिवेशनमा सहभागी नहुन पार्टी पङ्तिलाई निर्देशन दिइसकेको छ
प्रतिक्रिया जनाउनुहाेस्




























