विज्ञापन

रास्वपा प्रवेश गर्ने तयारीमा ज्ञानेन्द्र शाही

विज्ञापन
Image
विज्ञापन

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले आफू कसैको दास नभएको भन्दै पत्रकार सम्मेलन नै गरेर राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने दाबी गरेका छन् । पत्रकार संग आफूलाई राप्रपाले नबनाएको र आफू कसैको दास नभएकोले कुनै पार्टीमा प्रवेश गर्दा लुकेर नभएर पत्रकार सम्मेलन नै गरेर जाने बताएका छन् ।

राप्रपामा असन्तुष्ट रहेका ज्ञानेन्द्रले रवि लामिछानेलाई नख्खु जेलमा पुगेर २ पटक भेटवार्ता गरेका थिए । त्यस्तै भावी प्रधानमन्त्रीको उम्मेदवार बन्दै रास्वपा प्रवेश गर्नुअघि बालेन शाहसँग समेत ज्ञानेन्द्रले गम्भीर भेटवार्ता गरेका थिए । नयाँ शक्तिबीच भएको एकतामा ज्ञानेन्द्र सकारात्मक रहेका छन् ।

पछिल्लो समय राप्रपाको समानुपातिक सूचीमा नातावाद र कृपावादका आधारमा समेटिएको भन्दै ज्ञानेन्द्र असन्तुष्ट रहेका छन् । राप्रपाकै उपाध्यक्ष बुद्धिमान तामाङको श्रीमती सरस्वती तामाङ र पार्टीमै हुँदा नै २०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार बन्दा राप्रपाले साधारण सदस्य समेत नरहने गरी कारबाहीमा गरेको खुश्बु ओलीलाई समानुपातिक सूचीबाट हटाउन ज्ञानेन्द्रले माग गरिरहेका छन् । तर, त्यसलाई राप्रपा नेतृत्वले सच्याउने कुनै प्रतिबद्धता समेत दिएको छैन् । पार्टीमा सुधार गर्न खोज्दा नेतृत्वले कुरा नसुकेपछि ज्ञानेन्द्र निराश बनेका छन् । नेतृत्वको शैलीसँग असन्तुष्ट ज्ञानेन्द्रले राप्रपा छाडेर रास्वपामा प्रवेश गर्न सक्ने उनकै पार्टीका नेताहरुले बताउन थालेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन