विज्ञापन

एमालेको युवा केन्द्रित अभियान देशभरी ‘फिजिटल्ली’ अघि बढाउने

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । नेकपा एमालेको युवा केन्द्रित अभियान देशभरी ‘फिजिटल्ली’ अघि बढ्ने भएको छ । अभियानका संयोजक क्षितिज थेबेको अध्यक्षमा सोमबार बसेको बैठकले युवा शक्तिलाई एकीकृत गर्दै देशव्यापीरूपमा सशक्त ढंगले लैजाने कार्ययोजना निर्माण गरेको सहसंयोजक समिक बडालले बताए ।

‘संगठित युवा, सचेत अभियान’ भन्ने नारासहित चुनावी परिचालन गरिने उनले बताए । अभियानका संयोजक थेबेले युवालाई फिजिकल्ली र डिजिटल्ली एकीकृत गर्दै एमालेको अभियानमा सामेल गराउन फिजिटल्ली अभियान भनिएको बताए । बैठकमा महासचिव शंकर पोखरेललगायतका नेताले निर्देशन दिएका थिए ।

महाधिवेशनबाटै ४२ प्रतिशतभन्दा बढी युवालाई केन्द्रीय सदस्य बनाउने एमाले पहिलो पार्टी भएको भन्दै नेताहरूले अब चुनावी अभियान र पार्टी निर्माणमा सचेत ढंगले युवा संगठित गर्न निर्देशन दिएका छन् ।

 

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन