विज्ञापन

अछाम अस्पताल विवादको वास्तविकता सार्वजनिक: अस्पतालद्वारा प्रष्टिकरण जारी

विज्ञापन
Image
विज्ञापन

मंगलसेन, अछाम:जिल्ला अस्पताल अछामले हालै विभिन्न अनलाइन पत्रिकाहरूमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण जनाउँदै घटनाबारे आफ्नो आधिकारिक प्रष्टिकरण सार्वजनिक गरेको छ। अस्पतालले केही सञ्चारमाध्यममा आएका समाचारले भ्रम सिर्जना गर्ने खालका विषय समेटिएको भन्दै तथ्य स्पष्ट पार्न विज्ञप्ति जारी गरेको जनाएको छ।

जिल्ला अस्पताल अछामका अनुसार राजस्व दाखिला नभएको भनिएको करिब १८ लाख ७२ हजार ५ सय ३७ रुपैयाँ सम्बन्धी विषयमा जिम्मेवार कर्मचारी हेल्थ असिस्टेन्ट हितेश खड्काको युजर आईडीबाट संकलित रकम अस्पतालको खातामा समयमै जम्मा नभएको पाइएको छ। उक्त विषयमा कार्यालयले पटक–पटक रकम दाखिला गर्न पत्राचार गरेको र अहिले सो विषय कानुनी प्रक्रियामा रहेको अस्पतालले जनाएको छ।त्यस्तै, करिब ५० लाख रुपैयाँ बराबरको औषधि गायब भएको भन्ने समाचारप्रति पनि अस्पतालले स्पष्टिकरण दिएको छ। अस्पतालले औषधि खरिदपछि नेपाल सरकारको eLMIS/PAMS प्रणालीमा दर्ता गरी फार्मेसी मार्फत वितरण गरिने गरेको बताउँदै बिक्री–वितरणका क्रममा म्याद गुज्रिने वा स्टकमा फरक देखिन सक्ने अवस्था हुनसक्ने जनाएको छ। वास्तविक विवरणबारे छानबिनका लागि समिति समेत गठन गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

त्यसैगरी डाक्टर सरुवा सम्बन्धी विषयमा प्रकरण लुकाउन डाक्टरको सरुवा भन्ने सन्दर्भमाः मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सुदुरपश्चिम प्रदेश धनगढी कैलालीले अछाम जिल्ला अस्पतालमा रिक्त रहेको मेडिकल सुपरीटेण्डेन्ट पदमा सुदूरपश्चिम लोक सेवा आयोगबाट स्थायी नियुक्तिको लागि सिफारिस गरिएका नवौ तहका मेडिकल सुपरीटेण्डेन्ट लाई स्थायी नियुक्ति गरी जिल्ला अस्पताल अछाममा पदस्थापन गरिएको बताइएको हो। संघमा दरबन्दी भई प्रदेशमा काजमा खटिएका आठौं तहका डा. कमलेश प्रसाद यादवले अस्पताल व्यवस्थापनबाट प्रचलित संघीय तथा प्रदेश कानुनले तोकेको तलबभत्ताको अतिरिक्त मासिक ३०० प्रतिशत थप भत्ता खाईपाई आएकोमा अस्पताललाई आर्थिक भार नपार्ने गरी नवौं तहको विशेषज्ञ चिकित्सक आउनु आम अछामबासी तथा सुदूरपश्चिम प्रदेशकै हितमा हुन्छ भन्दै पत्रमा उल्लेख गरिएको छ। मन्त्रालयले दरबन्दी बमोजिमको डाक्टर पठाउने काम गरेको हुदाँ कसैलाई पनि सरुवा नगरिएको बताइएको हो। यसले अस्पताल व्यवस्थापनलाई सहज बनाउने र सेवा प्रवाह सुधार हुने विश्वास व्यक्त गरिएको छ। साथै अस्पतालले स्टोरबाट औषधि बाहिर निजी क्लिनिकमा पठाइएको भन्ने आरोप पनि आधारहीन भएको जनाएको छ। स्टोर प्रमुख र सम्बन्धित निकायको प्रत्यक्ष निगरानीमा औषधि व्यवस्थापन हुने भएकाले प्रमाणबिना आएका समाचारले भ्रम सिर्जना गरेको अस्पतालको भनाइ छ।
साथै अस्पताल प्रशासनले आम सर्वसाधारण, सञ्चारमाध्यम र सरोकारवालाहरूलाई अपुष्ट र भ्रामक समाचारमा विश्वास नगर्न आग्रह गर्दै अस्पतालको आधिकारिक सूचना र स्रोतबाट मात्र जानकारी लिन अनुरोध गरेको छ। साथै प्रमाणबिना समाचार प्रकाशन गर्नेहरूमाथि आवश्यक परे कानुनी प्रक्रिया अगाडि बढाइने चेतावनी समेत दिएको छ।

हेर्नुहोस पत्र।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन