विज्ञापन

दुई खिल्ली चुरोटको पैसा माग्दा रेनुको हत्या

विज्ञापन
Image
विज्ञापन

रुपन्देहीको शुद्धोधन गाउँपालिका– १, सिसै बस्ने ६० वर्षीया रेनु पटवार पसल चलाउँथिन् । पसलमै सुतेको अवस्थामा २ चैतको राति करिब ११ बजेतिर एक किशोर चुरोट किन्न आइपुगे । पसल खोलेर दुई खिल्ली चुरोट दिइन् । तर, पैसा माग्दा नदिएपछि भएको विवादमा किशोरले रेनुको हत्या गरे ।

प्रहरीले घटनामा संलग्न किशोरलाई पक्राउ गरेको छ । घटनाबारे भोलिपल्ट बिहान थाहा पाएका स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय बुटवलबाट प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तव र इलाका प्रहरी कार्यालय रन्यौराबाट प्रहरी निरीक्षक प्रलाद केसीको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थल र शवको जाँच मुचुल्का उठाएपछि प्रहरीले अनुसन्धान तथा सोधपुछलाई तीव्रता दिएको थियो । अनुसन्धानले घटनामा एक किशोरको प्रत्यक्ष संलग्नता देखाएपछि पक्राउ गरिएको रुपन्देही प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए ।

‘चुरोट किन्ने क्रममा वादविवाद हुँदा सोही पसलमा भएको कैँचीले रेनुको अनुहार, टाउको, घाँटीलगायत विभिन्न भागमा बीभत्स तरिकाले प्रहार गरी हत्या गरेर कैँची घटनास्थलमै छाडी फरार भएको देखिन आएको छ,’ चन्दले भने । रेनुले चुरोटको पैसा माग्दा किशोरले आक्रमण गरेको उनले बताए । शनिबार पक्राउ परेका किशोरलाई पाँच दिनको म्याद थपेर थप अनुसन्धान भइरहेको छ ।

हत्या आरोपी किशोर लागुऔषध सेवनकर्ता
रेनुको हत्या आरोपी किशोर लागुऔषध सेवनकर्तासमेत रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन