प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आफ्नाे निजी सचिवमा सहसचिव प्रदीप परियारलाई नियुक्त गर्न लागेका छन् । हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत उनलाई शाहले निजी सचिवमा ल्याउने भएका हुन् । शाह काठमाडौं महानगरकाे मेयर हुँदा परियार प्रमुख प्रशासकीय अधिकृत थिए ।
अख्तियारले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे थियाे । तर, उक्त मुद्दाबाट उनले सफाइ पाइसकेका छन् । उनै परियारलाई शाहले निजी सचिव बनाउने निर्णय गरेका हुन् । प्रधानमन्त्रीले निजी सचिवमा सहसचिव राख्ने अभ्यास छ । परियार युवा सहसचिव हुन् ।
प्रतिक्रिया जनाउनुहाेस्


























