संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएका छन् । बधाईसँगै उनले नेपालको दिगो विकास र संस्थागत सुदृढीकरणका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रधानमन्त्रीका रूपमा शाहले कार्यभार सम्हालेकोमा शुभकामना व्यक्त गर्दै महासचिव गुटेरसले नेपाल र राष्ट्रसंघबीचको लामो र अटुट साझेदारीलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका हुन्।
उनले नेपालमा युवा नेतृत्वको आगमनलाई संकेत गर्दै सार्वजनिक जीवनमा सत्यनिष्ठा र नागरिक केन्द्रित शासनको आवश्यकतामा जोड दिएका छन्।
प्रतिक्रिया जनाउनुहाेस्




























