२८ चैत्र २०८२ अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्दा थप अनावश्यक कागजात वा बिल/रसिद पेस गर्न नपर्ने स्पष्ट गरेको छ।
विभागका अनुसार प्रचलित अध्यागमन कानुन तथा गृह मन्त्रालयको मन्त्रिस्तरीय निर्णयअनुसार वैध भिजिट भिसामा विदेश जाने नेपाली नागरिकले कम्तीमा ६ महिना म्याद भएको राहदानी, गन्तव्य मुलुकको हवाई टिकट र सम्बन्धित देशको भिसा भए पर्याप्त हुन्छ।
त्यस्तै, वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि वैदेशिक रोजगार विभागबाट जारी गरिएको श्रम स्वीकृति र राहदानीजस्ता आधारभूत कागजात भए पुग्ने विभागले जनाएको छ। यसबाहेक अतिरिक्त कागजात वा बिल/रसिद पेश गर्न आवश्यक नपर्ने स्पष्ट पारिएको छ।
प्रतिक्रिया जनाउनुहाेस्

























